Banner Nepal
यस वर्ष राष्ट्रपति पौडेलले नागरिकलाई टीका नलगाउने

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैँमा नागरिकलाई टीका नलगाउने निर्णय गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार देशमा देखिएको पछिल्लो परिस्थिति विचार गर्दै राष्ट्रपति पौडेलले टीका वितरण कार्यक्रम आयोजना नगर्ने निर्णय लिनुभएको हो।

विगतमा राष्ट्रपतिबाट बडादसैँको अवसरमा आमनागरिकलाई टीका लगाउने परम्परा कायम भए पनि यसपटक उक्त कार्यक्रम रोकिएको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update