मोरक्कोमा चर्कियो आन्दोलन, पाँच दिनदेखि विरोध प्रदर्शन, सयौँ पक्राउ

काठमाण्डौ । विश्वका विभिन्न मुलुकमा युवाहरू सरकारविरुद्ध सडकमा उत्रिने लहर जारी रहँदा मोरक्कोमा पनि विरोध चर्किएको छ। बंगलादेश, नेपाल, पेरु र मडागास्करपछि अहिले मोरक्कोमा सरकारविरोधी आन्दोलन तीव्र बनेको हो।
बुधबारसम्म लगातार पाँचौँ रात राजधानीसहित विभिन्न सहरमा युवाहरू सडकमा उत्रिएर सरकारविरुद्ध प्रदर्शन गरेका छन्। विरोध आन्दोलन हिंसात्मक बन्दा तोडफोड र झडप बढेपछि सुरक्षा निकायले बल प्रयोग गरेको छ।
सुरक्षा अभियानमा सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ १०:४२
प्रतिक्रिया दिनुहोस्