राष्ट्रपतिबाट विजयादशमीको शुभकामना, स्थायित्व–समृद्धिको कामना

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमी २०८२ को अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, प्रगति र समृद्धिका लागि मंगलकामना व्यक्त गर्नुभयो।
राष्ट्रपति पौडेलले सत्य, धर्म र न्यायको विजयको प्रतीकका रुपमा मनाइने यस पर्वमा नवदुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा स्मरण गर्दै समग्र राष्ट्रमा मेलमिलाप, सद्भाव र कल्याणको वातावरण कायम होस् भन्ने कामना गर्नुभयो।
उहाँले विजया दशमी २०८२ ले सम्पूर्ण विश्वमा शान्ति र मानव कल्याणको सन्देश फैलाउने विश्वास समेत व्यक्त गर्नुभएको छ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२ १०:३८
प्रतिक्रिया दिनुहोस्