Banner Nepal
विजया दशमीको टीका साइत बिहान ११ः५३  बजे

काठमाण्डौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजया दशमीको टीकाको साइत बिहीबार बिहान ११ः५३ बजे रहेको जनाएको छ। समितिका अनुसार टीका माग्दा पूर्व फर्केर लगाउनुपर्ने परम्परा मान्नुपर्नेछ।

यसअघि बिहान ९ः२३ बजे देवी विसर्जन गर्ने शुभसाइत रहेको समितिले जनाएको छ। दशमीको दिन बिहानै देवी विसर्जन गरी मान्यजनहरूबाट टीका र जमरा ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ।

समितिले दिएको जानकारीअनुसार अपराह्न १२ः१९ बजे श्री तुलाजात्रा यात्रा सुरु हुनेछ भने दिउँसो १ः४९ बजे स्थिरासन दिवस मनाइनेछ। सोही समयमा खड्ग जात्रासमेत सञ्चालन हुने उल्लेख छ।

समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले हस्ताक्षर गरी जारी गरिएको सूचनामा यस वर्ष दशैंका सबै प्रमुख धार्मिक विधि–विधान देवी विसर्जनदेखि टीका, जमरा ग्रहणसम्म शुभसाइतमै गर्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update