Banner Nepal
तीन स्थानमा राजमार्ग अझै अवरुद्ध

काठमाण्डौ । लगातारको वर्षा र पहिरोका कारण दुई राजमार्गका तीन स्थान अहिले पनि अवरुद्ध रहेका छन् । नेपाल प्रहरीले बुधबारसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी र रसुवाको नेपाल–चीन जोड्ने राजमार्ग अझै अवरुद्ध रहेको जनाएको हो ।

संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका–४ बरूण र मकालु गाउँपालिका–३ एकुवामा कोशी राजमार्ग अवरूद्ध रहेको प्रहरीको विवरणमा उल्लेख छ । त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन जोड्ने पुल पूर्णरूपमा बन्द भएको जनाएको छ ।

यता, नारायणगढ–मुग्लिन सडकखण्ड भने सुचारु भएको छ । मंगलबार साँझ तुइन खोलामा पहिरोका कारण सडक अवरूद्ध भए पनि सोही साँझ मेसिनरी प्रयोग गरी सडक खुलाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update