
काठमाण्डौ । नवलपुरबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक ईभी माइक्रो चितवनमा गएराति दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बा ४ ख ११४० नम्बरको बिग्रिएर रोकेर राखिएको र्याकरमा बागमती प्रदेश ०६-००१ ज ००६९ नम्बरको ईभी माइक्रो ठोक्किँदा दुर्घटना भएको हो ।
घाइते सबै नवलपुरको देवचुली नगरपालिकाका वासिन्दा रहेका छन् । घाइतेमध्ये ८१ वर्षीय तुकबहादुर क्षेत्रीको अवस्था गम्भीर छ भने ७८ वर्षीया एकमाया क्षेत्री, २५ वर्षीया आशाकुमारी महतो, ३० वर्षीय प्रेम महतो, २६ वर्षीया देवीमाया महतो र उनकी छोरी ६ वर्षीया बिहानी महतो, ४४ वर्षकी रन्जित महतो, ४१ वर्षकी ज्योति महतो र कावासोती नगरपालिका–८ का ४० वर्षीय रबि गुरुङ घाइते भएका छन् ।
दुर्घटनापछि सबै घाइतेलाई उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।