मनकामना केबलकार तीन दिनका लागि बन्द

काठमाण्डौ । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामना माई मन्दिर जाने प्रमुख यातायात सुविधा मनकामना केबलकार आजदेखि तीन दिनका लागि बन्द गरिएको छ ।
केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनका अनुसार असोज १५ देखि १७ गतेसम्म सेवा बन्द रहने र असोज १८ गतेदेखि पुनःनियमित रूपमा सञ्चालनमा आउने छ ।
नेपालको पहिलो केबलकारका रूपमा सञ्चालनमा आएको मनकामना केबलकारलाई देशभरका तीर्थयात्री तथा पर्यटकहरूको आकर्षण मानिन्छ । यसमार्फत भक्तजनले गोरखाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको मनकामना मन्दिर सहज रूपमा पुग्ने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ ११:२९
प्रतिक्रिया दिनुहोस्