Banner Nepal
देशभर सामान्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी प्रणाली र स्थानीय वायुको प्रभाव कायमै रहेकाले सबै प्रदेशमा साधारणतया वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार पहाडी भूभागमा मुख्यतः बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै तराईका केही स्थानमा वर्षा हुने सम्भावना छ।

तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

आज राति पनि कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना कायम रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update