Banner Nepal
फरार कैदीलाई एक साताभित्र फर्कन कारागारको आग्रह

काठमाण्डौ । जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साताभित्र स्वेच्छाले फर्किन आग्रह गरेको छ।

कारागार प्रशासनले खोजी तथा पक्राउ कार्यदल गठन गर्दै सार्वजनिक सूचना जारी गरेको हो। सूचनामा कैदीबन्दीले समयमै नफर्किए आश्रय दिने वा लुकाउने व्यक्तिलाई समेत कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

गत भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा कैदीबन्दी भागेका थिए। उनीहरूमध्ये आठ जना अझै फरार छन्। फरारमध्ये चार जना जवरजस्ती करणीका दोषी, एक जना कर्तव्य ज्यानसम्बन्धी कैदी र चार जना सहकारी सम्बन्धी मुद्दाका थुनुवा रहेको उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update