Banner Nepal
चाडपर्वमा पार्टीको ब्यानर–झण्डा प्रयोग नगर्न रास्वपाको निर्देशन

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडा दशैँलगायत चाडपर्वमा पार्टीको ब्यानर र झण्डा प्रयोग गरी धुमधामका साथ कार्यक्रम नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थालाई स्मरण गर्दै देश राष्ट्रिय शोकमा रहेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “सुशासनका लागि भएको महत्वपूर्ण आन्दोलनमा ७५ जनाको मृत्यु भएको परिस्थितिमा हामी शोकको घडीमा छौँ, त्यसैले यसपटक पार्टी नाममा कुनै धुमधामका चाडपर्व कार्यक्रम नगर्न अनुरोध गर्दछौँ ।”

पार्टीले नेताहरूलाई चाडपर्वका अवसरमा शुभकामना सन्देशबाहेक कुनै उपहार नस्वीकार गर्न पनि निर्देशन दिएको छ । साथै, रास्वपाका पूर्व सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update