स्करपियोले ठक्कर दिदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

काठमाडौं । सर्लाहीको ब्रहम्पुरीमा गएराति स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
अर्का एकजना गम्भीर घाइते भएका छन् । हुलाकी सडक खण्डमा हिजो साँझ भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मोटरसाइल चालक २३ वर्षीय अंकित चौधरी र २५ वर्षीय रोहित सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२३ वर्षीय शिवशंकर पण्डितको भने उपचार भइरहेको छ । मोटरसाइकलमा तीनजना सवार थिए । ठक्कर दिने स्कारपियो प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १४:४८
प्रतिक्रिया दिनुहोस्