Banner Nepal
भाडा बढी असुले कारबाही, यात्रुलाई उजुरी गर्न आग्रह

काठमाण्डौ । यातायात व्यवस्था विभागले तोकिएको दरभन्दा बढी भाडा असुल्ने सार्वजनिक यातायातलाई कारबाही गर्ने चेतावनी दिएको छ। विभागले सार्वजनिक यातायातमा सहजता ल्याउन विशेष सूचना जारी गर्दै यात्रु अधिकार सुरक्षित गर्न कडा निगरानी थालिएको जनाएको हो।

विभागका अनुसार तोकिएको भाडाभन्दा बढी असुल्ने, सिटभन्दा बढी टिकट काट्ने, टिकटमा कालोबजारी गर्ने वा अनलाइनमार्फत अस्वीकृत सेवा दिने जस्ता गतिविधि भेटिए तत्काल कारबाही गरिनेछ। त्यस्तो अवस्थामा यात्रुले उजुरी गर्न सक्ने व्यवस्था मिलाइएको विभागले स्पष्ट पारेको छ।

यात्रुलाई आधिकारिक टिकट काउन्टरमार्फत मात्रै टिकट लिन आग्रह गर्दै विभागले तोकिएको भाडादरअनुसार मात्र यात्रा गर्न अपिल गरेको छ।

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update