Banner Nepal
फरार बन्दी खोज्न कार्यदल गठन

काठमाडौं । गत भाद्र २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार भागेका कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।

कार्यदलले जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायतका निकायसँग समन्वय गरी खोजी अभियान चलाउनेछ । फरार कैदीबन्दीलाई तत्काल पक्राउ गर्न र कारागारमा फर्काउनका लागि गृहमन्त्रीस्तरीय निर्णय गरिएको कारागार व्यवस्थापन विभागद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विभागले कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रह समेत गरेको छ । कार्यदललाई तीन बुँदे कार्यादेश समेत दिइएको छ । 

प्रकाशित मिति: शनिबार, असोज ११, २०८२  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update