दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्नु पर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ तिहारको बिदामा अस्पताल सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै दशै तिहारको बिदामा अस्पतालको सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।
दशैँ, तिहार, छठ पर्वमा लामो बिदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रुपले उपयोग गरी आआफ्नो स्वास्थ्य संस्थाबाट बिदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी, शल्यक्रिया सेवाहरु सदाझैँ यथावत् रुपमा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२ १४:३६
प्रतिक्रिया दिनुहोस्