नारायणगढ–मुग्लिन सडक खुल्यो, पहिरोको जोखिम यथावत

काठमाण्डौ । नारायणगढ–मुग्लिन सडकखण्डमा तिनाउँ खोलामा खसेको पहिरो पन्छाएसँगै आवागमन फेरि सञ्चालनमा आएको छ । विगत दुई दिनदेखि अवरुद्ध भएको सडक गएरातिदेखि सञ्चालनमा आएपछि जाममा अड्किएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
सडक बन्द हुँदा दशैं मनाउन घर फर्किएका यात्रुहरू अलपत्र परेका थिए । यद्यपि, सम्बन्धित निकायका अनुसार सो खण्डमा अझै पहिरो खस्ने सम्भावना टरेको छैन । जोखिम कायम रहेकाले यात्रामा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२ ०९:०८
प्रतिक्रिया दिनुहोस्