Banner Nepal
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन सुरु गर्‍यो

काठमाण्डौ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन पुनः सुरु गरेको छ । सरकारले सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेलगत्तै आयोगले नाम दर्ता प्रक्रिया सञ्चालनमा ल्याएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १६ वर्ष पूरा गरेका नेपाली नागरिकले जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा गएर नाम दर्ता गराउन सक्नेछन् । आयोगले नामावली दर्ताका लागि २०८२ कात्तिक ३० गतेसम्मको समयसीमा तोकेको छ ।

सार्वजनिक बिदा बाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दर्ता प्रक्रिया सञ्चालन हुनेछ । प्रवक्ता भट्टराईले कात्तिक ३० पछि निर्वाचन कार्यक्रम सुरु हुने भएकाले त्यतिन्जेलभित्र नामावली सङ्कलन पूरा गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिसक्नुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update