रास्वपाको भोलि केन्द्रीय समिति बैठक, निर्वाचन रणनीतिमा केन्द्रित

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीति तय गर्न मङ्गलबार बिहान केन्द्रीय समितिको बैठक बोलाएको छ ।
पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले परिवर्तित राजनीतिक परिस्थितिमा केन्द्रीय सदस्यहरूको धारणा बुझ्न तथा निर्वाचन रणनीतिबारे विस्तृत छलफल गर्न बैठक आह्वान गर्नुभएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा संगठनात्मक संरचना, विभागीय समीक्षा, समसामयिक अवस्था, प्रदेशस्तरीय बैठकबाट प्राप्त प्रतिवेदन प्रस्तुत, महाधिवेशन तयारी र आगामी निर्वाचन रणनीतिबारे विस्तृत छलफल हुनेछ ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्