
काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि स्थानीय वायुसँगै वर्षाको सम्भावना कायम रहेको जनाएको छ ।
महाशाखाका अनुसार सोमबार कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, अन्य पहाडी भागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
राति कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । साथै, मधेश प्रदेशसहित अन्य प्रदेशका पहाडी भागका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।