बाँकेमा खसी विवाद, कुटाकुटमा एकको मृत्यु

काठमाण्डौ — बाँकेमा खसी खरिदको विवाद कुटाकुटसम्म पुग्दा एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का ५२ वर्षीय जाबिद अली बेहनाको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बिहान बेहनाले किन्न तय गरेको खसी अर्को समूहले उठाएपछि विवाद चर्किँदै ढुंगा प्रहारमा परिणत भएको प्रहरीको भनाइ छ । घटनामा घाइते भएका उनलाई अस्पताल पुर्याइएकोमा दिउँसो साढे २ बजे उपचारका क्रममा निधन भएको डिएसपी दीपक पातलीले जानकारी दिए ।
घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार विवाद गर्नेहरू सालो–भेनाको सम्बन्ध भएका बताइए पनि मृतक बेहना कुन सम्बन्धका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२ १३:४२
प्रतिक्रिया दिनुहोस्