Banner Nepal
सुदन गुरूङ एमाले प्रवेश गर्ने दाबी असत्य : हामी नेपाल

काठमाण्डौ — हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्ने तयारीमा रहेको भन्ने समाचार असत्य भएको स्पष्ट पारेको छ । शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले एमाले नेता महेश बस्नेतसँग गुरूङको कुनै कुराकानी नै नभएको जनाएको हो ।

शुक्रबार बस्नेतले सामाजिक सञ्जालमार्फत सुदन गुरूङ चाँडै एमाले प्रवेश गर्ने संकेत दिएका थिए । उनले गुरूङसहितको टोलीसँग प्रारम्भिक कुराकानी भएको दाबी गर्दै एमाले प्रवेशमा अचम्मित नमान्नसमेत आग्रह गरेका थिए ।

तर, हामी नेपालले उक्त दाबीलाई “झुट प्रचार” र “फोहोरी राजनीतिक खेल” भन्दै खण्डन गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सुदन गुरूङले महेश बस्नेतसँग अहिलेसम्म कुराकानी गरेका छैनन्, गर्ने पनि छैनन्।”

पार्टीले परिवर्तनका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएको समयमा भ्रम फैलाउने प्रयास नगर्न चेतावनी दिंदै, बस्नेतको दाबीबाट प्रभावित नहुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update