Banner Nepal
युक्रेन सीमाबाट दुई नेपालीको उद्धार

काठमाण्डौ — युक्रेनको सीमामा हिरासतमा परेका दुई नेपाली नागरिकलाई उद्धार गरिएको छ । रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई बर्लिनस्थित नेपाली दूतावासको सक्रिय पहल र समन्वयमा उद्धार गरी नेपाल फर्काउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उद्धार कार्यमा युक्रेनको सीमासुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनीलगायत संस्थाको सहयोग भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विदेशी भूमिमा अध्यागमन तथा सम्बन्धित कानुनको पालना नगर्दा गिरफ्तारी, लामो थुनामा बस्नुपर्ने अवस्था तथा ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी दिँदै सचेत रहन आग्रह गरेको छ ।

त्यस्तै, प्रलोभन वा बहकाउमा परी कानुन विपरीत कार्यमा संलग्न नहुन सबैलाई सचेत गराइएको छ । मन्त्रालयले यसप्रकार पक्राउ परेकाको उद्धार प्रक्रिया सहज नहुने भएकाले सावधानी आवश्यक रहेको बताएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ४, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update