रौतहटमा अज्ञात पुरुषको शव फेला

काठमाण्डौ । रौतहटको राजदेवी नगरपालिका–४ गडहिया घाटस्थित बागमती नदी किनारमा शुक्रवार बिहान अज्ञात पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार अन्दाजी ४२ वर्षका पुरुष मृत अवस्थामा भेटिएका हुन् । हालसम्म मृतकको सनाखत हुन सकेको छैन ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२ १२:२१
प्रतिक्रिया दिनुहोस्