कक्षा १२ ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले स्थगित कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते गर्ने भएको छ । यसअघि परीक्षा भदौ २८ र २९ गते हुने भनिए पनि जेनजी समूहको आन्दोलनका कारण मुलुक असामान्य परिस्थितिमा पुगेपछि बोर्डले स्थगित गरेको थियो ।
मङ्गलबार सार्वजनिक सूचनामार्फत बोर्डले परीक्षा नयाँ मितिमा सञ्चालन गर्ने जानकारी दिएको छ । परीक्षा केन्द्र र आवश्यक व्यवस्थाबारे थप जानकारी बोर्डले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ ११:२९
प्रतिक्रिया दिनुहोस्