Banner Nepal
प्रधानमन्त्री कार्कीलाई मोदीको बधाई, पुनर्निर्माणमा सहयोगको आश्वासन

काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नवगठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई लिखित बधाई दिँदै नेपालको विकास र पुनर्निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मङ्गलबार नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेटका क्रममा मोदीको लिखित सन्देश कार्कीलाई हस्तान्तरण गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सन्देशमार्फत मोदीले नेपाल–भारतबीचको मित्रतालाई अझ सुदृढ बनाउन भविष्यमा मिलेर अघि बढ्ने इच्छा प्रकट गरेका छन् ।

राजदूत श्रीवास्तवले भेटका क्रममा भारत छिमेकीको नाताले नेपालको शान्ति, स्थिरता र समृद्धिको पक्षमा रहेको उल्लेख गर्दै भावी विकास तथा पुनर्निर्माणमा भारत सहयोग गर्न तयार रहेको जानकारीसमेत दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update