सहिदलाई श्रद्धाञ्जली
जेनजी आन्दोलनका सहिदको सम्मानमा आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइयो

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा प्राण गुमाएका सहिदहरूको सम्मानमा सरकारले बुधबार सार्वजनिक शोक मनाइरहेको छ । यस दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोग बन्द रहनका साथै राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।
भदौ २३ गते राजधानीमा भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताको मागसहित जेनजीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जना सहिद बनेका थिए । सो घटनापछि भदौ २४ गते मुलुकभर विरोध प्रदर्शन भड्किँदा दुई दिनमै प्रदर्शनकारी र सुरक्षाकर्मी गरी ७२ जनाले ज्यान गुमाएका थिए । यस अवधिमा सरकारी तथा निजी सम्पत्तिमा आगजनी र ठूलो क्षति भएको थियो ।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२ ११:२०
प्रतिक्रिया दिनुहोस्