Banner Nepal
जेनजी आन्दोलनमा सर्वोच्चमा ५२ सवारी साधन जले

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको परिसरभित्र ५२ सवारी साधनमा आगजनी भएको छ । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार हालसम्म एक सयभन्दा बढी मोटरसाइकल जलेको पुष्टि भएको छ भने थप विवरण संकलन भइरहेको छ ।

उनका अनुसार अदालत परिसरमा झण्डै दुई सय १६ मोटरसाइकल रहेको अनुमान भए पनि हालसम्म सयभन्दा बढीमा क्षति पुगेको छ । सो क्रममा तीन न्यायाधीशसहितका गाडी तथा चारवटा ठूला सवारीसाधनमा पनि क्षति पुगेको पाण्डेले बताए ।

हाल क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र अन्य जिल्लाबाट समेत विवरण आउने क्रम जारी रहेको छ । सेनाका गाडी तथा अन्य निकायहरूले सहयोग गरिरहेको जनाउँदै पाण्डेले केही क्षतिग्रस्त सवारी साधन मर्मतका लागि पठाइसकिएको जानकारी दिए । उनका अनुसार आगामी दसैँ–तिहारअघि सवारी साधन मर्मत पूरा गर्ने तयारी भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update