Banner Nepal
जेनजी आन्दोलनमा मृत्यु भएकामध्ये २७ शव आफन्तले बुझे

काठमाण्डौ। जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २७ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि शव बुझाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिनुभयो ।

भदौ २४ गतेको आन्दोलनमा आक्रमणका कारण मृत्यु भएका ३ जना प्रहरीको शव समेत आफन्तले बुझिसकेका छन् । शिक्षण अस्पतालमा हाल १९ वटा शवको पोस्टमार्टम बाँकी छ भने ५ वटा शवको पोस्टमार्टम भए पनि आफन्तले बुझेका छैनन् । नयाँ बानेश्वरमा भएको झडप तथा आगजनीमा मृत्यु भएका ८ जनाको भने अझै पहिचान खुलेको छैन ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मृत्यु भएकामध्ये १२ जनाको पहिचान भइसकेको छ, जसमा प्रहरीको गोली लागेर ज्यान गुमाएका व्यक्तिहरू पनि छन् । मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ भने सम्मानको प्रकारबारे मन्त्रिपरिषद्‌ले टुंगो लगाउने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update