भारतको प्रतिक्रिया : अन्तरिम सरकारसँग मिलेर शान्ति र समृद्धिका लागि काम गर्ने

काठमाण्डौ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएकोमा भारतले स्वागत गर्दै नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ सरकार बनेसँगै शान्ति र स्थिरता कायम हुने अपेक्षा व्यक्त गरेको हो। विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई स्वागत गर्दछौं। यसले नेपालको राजनीतिक स्थायित्वमा योगदान पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ।”
भारतले नजिकको छिमेकी, लोकतन्त्रको साझेदार र लामो समयदेखि विकासमा सहयोगीको हैसियतले दुवै देश र नागरिकको हित तथा समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ ११:५८
प्रतिक्रिया दिनुहोस्