Banner Nepal
संसद विघटन असंवैधानिक, राष्ट्रपति कदमप्रति नेपाल बारको आपत्ति

काठमाण्डौ । नेपाल बार एसोसिएसनले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै कडा आपत्ति जनाएको छ।

बारले शनिबार विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने निर्णय संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको निष्कर्ष निकालेको हो। संस्थाले यसलाई स्वेच्छाचारी अभ्यास र संविधानवादमाथि प्रहारको संज्ञा दिएको छ।

यसअघि सर्वोच्च अदालतले संसद पुनःस्थापनाबारे गरेको ऐतिहासिक फैसलाको स्मरण गराउँदै बारले राष्ट्रपति रामचन्द्र पौडेलको हालसालैको कदम संविधानअनुरूप नरहेको ठहर गरेको हो।

बारको भनाइमा संसदको कार्यकाल समाप्त नभई विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थामाथिको जनविश्वास खस्काउने जोखिम बढाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update