उपत्यकासहित देशभर निषेधाज्ञा र कर्फ्यू हटाइएपछि जनजीवन सामान्य

काठमाण्डौ । अन्तरिम सरकार गठनसँगै उपत्यकासहित देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यू हटाइएको छ।
भदौ २३ गते जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि स्थानीय प्रशासनले काठमाण्डौ उपत्यकासहित धेरै जिल्लामा निषेधाज्ञा जारी गरेको थियो। नेपाली सेनाले भदौ २४ गतेदेखि यसको बारेमा निरन्तर जानकारी दिँदै आएको थियो।
छ दिनदेखि जारी निषेधाज्ञा आज बिहानदेखि हटेपछि काठमाण्डौ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ। सार्वजनिक यातायात, बजार र आवतजावतमा सामान्य गतिविधि देखिन थालेको छ।
जेन–जी आन्दोलनको भावनाअनुरूप गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेसँगै देश सामान्यतर्फ उन्मुख भएको संकेत देखिएको छ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ ११:३५
प्रतिक्रिया दिनुहोस्