प्रधानमन्त्री सुशीला कार्की भोलि मात्रै पदभार ग्रहण, तत्काल निजी निवासमै बस्ने

काठमाण्डौ । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रम भोलि मात्रै गर्ने भएकी छन्। शनिबार सार्वजनिक बिदा भएकाले भोलि कार्यालय समयमा औपचारिक रुपमा पदभार ग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
गएराति ढिलोसम्म सपथ ग्रहण कार्यक्रम सम्पन्न भएकाले प्रधानमन्त्री कार्की राष्ट्रपति भवनबाट सिधै निजी निवासतर्फ गएकी थिइन्।
सरकारी निवास बालुवाटार आन्दोलनकारीले तोडफोड गरी क्षति पुर्याएपछि तत्काल बस्न अयोग्य बनेको हुँदा मर्मत सम्भार सम्पन्न नभएसम्म कार्की निजी निवासमै बस्ने तयारी भएको स्रोतले जनाएको छ।
यसैबीच, प्रधानमन्त्री कार्यालयलाई गृह मन्त्रालयको नयाँ भवनमा सार्ने तयारी समेत भइरहेको छ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२ ११:२९
प्रतिक्रिया दिनुहोस्