Banner Nepal
गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सार्ने तयारी

काठमाण्डौ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्नै नसक्ने अवस्थामा पुगेपछि यसलाई अस्थायी रूपमा गृह मन्त्रालयको नयाँ भवनमा सार्ने तयारी गरिएको छ ।

शुक्रबार बिहानै सिंहदरबार र विभिन्न मन्त्रालयको अनुगमन गरेका मुख्यसचिव एकनारायण अर्यालपछि प्रधानमन्त्री कार्यालयलाई नयाँ स्थानमा लैजाने निर्णय भएको प्रधानमन्त्री कार्यालयका उच्च स्रोतले जानकारी दिएको हो ।

स्रोतका अनुसार अहिले निर्माणाधीन नयाँ गृह मन्त्रालय भवन, जसको प्रवेश द्वार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाबाट छिर्ने गेट नजिकै पर्छ, त्यहीँबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गरिने तयारी छ ।

यसबेला गृह मन्त्रालय रहेको भवनसमेत क्षतिग्रस्त भएकाले यसलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सार्ने र शिक्षा मन्त्रालयलाई केशरमहलमा स्थानान्तरण गर्ने तयारी भइरहेको पनि स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update