धरानको भाटभटेनीमा एक शव भेटियो

काठमाण्डौ । धरान उपमहानगरपालिका–१०, पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा भएको आगलागीपछि जलेर खरानी बनेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
जेनजी आन्दोलनको दोस्रो दिन अराजक समूहले आगो लगाउँदा भवनमा फसेका व्यक्तिहरुमध्ये एक जनाको दाँत, खप्पर र हड्डीका केही अंश मात्रै भेटिएको वडाध्यक्ष बिबेक राईले जानकारी दिनुभयो ।
आगलागी भएको दुई दिनपछि आगो पूर्णरुपमा निभाएपछि मात्रै प्रहरी र स्थानीयले दोस्रो तलाबाट अवशेष फेला पारेका हुन् । मृतकको पहिचान डिएनए परीक्षणपछि मात्र हुने प्रहरीले जनाएको छ ।
स्थानीयले आगलागीका समयमा तीन जना प्रदर्शनकारी फसेको दाबी गर्दै अझै दुई जनाको शव भेटिन सक्ने आशंका व्यक्त गरेका छन् । प्रहरीले फेला परेको अवशेषलाई पोष्टमार्टमका लागि पठाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२ १३:३४
प्रतिक्रिया दिनुहोस्