
काठमाण्डौ । नेपाली सेनाले आज काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा दिउँसोको लागि कर्फ्यू हटाएको छ । बिहानैदेखि सडकमा जनचहलपहल देखिएको भए पनि सेनाले निश्चित समयमा मात्र अत्यावश्यक आवतजावतको अनुमति दिएको छ ।
सेनाका अनुसार बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि हिँडडुल गर्न पाइनेछ । यस अवधिमा दैनिक उपभोग्य सामान खरिद, धार्मिक तथा सांस्कृतिक क्रियाकलाप, कार्यालय आवतजावत तथा आपतकालीन आवश्यकता मात्रै मान्य हुनेछ ।
तर, जुलुस, धर्ना र प्रदर्शनमा भने कडा प्रतिबन्ध लगाइएको छ । दिउँसो ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहनेछ भने पुनः बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिनेछ ।
सुरक्षालाई प्रभावकारी बनाउन सेनाले उपत्यका पृतना र सैनिक प्रहरीलाई उच्च सतर्कतामा राखेको छ । अत्यावश्यक सेवाको नाममा हुने अवैध आवतजावतलाई रोक्न पनि कडाइ गर्न निर्देशन दिइएको सेनाले जनाएको छ ।