Banner Nepal
निषेधाज्ञा दौरान बैंकिङ र डिजिटल भुक्तानी सेवाहरू सीमित रुपमा सञ्चालन

काठमाण्डौ । नेपाल राष्ट्र बैँकले भदौ २५ गते लागू भएको निषेधाज्ञालाई मध्यनजर गर्दै बैँक तथा वित्तीय संस्थालाई अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सीमित कर्मचारीमार्फत सञ्चालन गर्न निर्देशन दिएको छ।

राष्ट्र बैँकले जारी सूचनामा सबै इजाजतप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी र भुक्तानी सेवा दिने संस्थालाई व्यवसायिक निरन्तरता सुनिश्चित गर्न अपिल गरेको छ। संवेदनशील प्रणालीहरूलाई सीमित कर्मचारीमार्फत सञ्चालन गर्नुपर्ने उल्लेख छ भने अन्य प्रणालीमा जोखिम मूल्यांकनको आधारमा रिमोट एसिसमार्फत संचालन गर्न सकिने व्यवस्था मिलाउन भनिएको छ।

साथै, आवश्यक सेवा सञ्चालन भएका शाखा, एटीएम र उपलब्ध सेवाहरूको जानकारी आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन राष्ट्र बैँकले सबै संस्थालाई आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update