Banner Nepal
प्रदर्शनमा लुटिएका हतियार फिर्ता गर्न प्रहरीको आग्रह

काठमाण्डौ । नेपाल प्रहरीले हालै सम्पन्न आन्दोलनका क्रममा लुटिएका सुरक्षा र भौतिक सामग्री फिर्ता गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै भदौ २३ देखि २५ गतेसम्मको प्रदर्शनमा प्रहरीले प्रयोग गर्ने हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाब तथा अन्य भौतिक साधन हराएको वा नियन्त्रणमा लिइएको अवस्थामा नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई बुझाउन अनुरोध गरेको हो ।

त्यसका लागि जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोल–फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

साथै, आन्दोलनका क्रममा नियन्त्रणमा परेका प्रहरी पोशाक दुरुपयोग नगर्न र सोसँग सम्बन्धित जानकारी उपलब्ध गराउन पनि प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update