रास्ट्रपति पौडेलको जवाफ-“म राजीनामा दिन्न। बरु, तपाईहरूले मलाई मारी दिनुहोस् ”

काठमाण्डौ। वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रपति रामचन्द्र पौडेलसँग राजीनामा मागेको दाबी गरेका छन्।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत वरिष्ठ पत्रकार नेपालले हिजो भदौ २४ गते प्रधान सेनापतिले राष्ट्रपति पौडेलसँग राजीनामा मागेको जानकारी दिएका छन्।
उनका अनुसार, ‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भएको सुरक्षा प्रमुखहरूको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भनेका थिए, “बाँकी हामी सम्हाल्छौं।” यसमा राष्ट्रपति पौडेलको जवाफ अनुसार, “म राजीनामा दिन्न। बरु, तपाईहरूले मलाई मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुहोस्। त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस्।”
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ २२:०१
प्रतिक्रिया दिनुहोस्