
काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको पहिलो प्रधानमन्त्री बन्ने सम्भावनामा नजिक पुगेकी छन्। पाँच घण्टा लामो जेन–जी पुस्ताको भर्चुअल बैठकले नेतृत्व कार्कीलाई दिन सहमति जुटाएको हो।
बैठकपश्चात जेन–जी पुस्तासँगको टेलिफोन संवादमा कार्कीले नेतृत्व लिन आफू तयार रहेको जनाएकी छन्। अब वार्ता टोलीले प्रधानसेनापति अशोक सिग्देलसँग उनको नेतृत्वमा छलफल सुरु गरिसकेको छ। सेनापतिको सहमति भएमा कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व सम्हाल्ने छिन्।
सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश रहेकी कार्की भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताका लागि चर्चित छिन्। नागरिक अभियन्ताका रूपमा पनि सक्रिय उनी स्पष्ट वक्ता र खरो स्वभावका कारण पहिचान बनाइसकेकी छिन्।
२०७६ सालमा उनीविरुद्ध संसदमा दर्ता गरिएको महाभियोग प्रस्ताव सर्वोच्च अदालतले निष्प्रभावी बनाउँदा पुनः पदमा फर्किएकी थिइन्। आफ्नो तीन दशकभन्दा बढीको कानुनी करियरमा उनले बहालवाला मन्त्रीदेखि उच्चस्तरीय मुद्दासम्ममा ऐतिहासिक फैसला सुनाएकी छन्।
नेपालको इतिहासमा महिला नेताहरू उच्च तहमा पुग्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीपछि कार्की पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। अब उनी पहिलो प्रधानमन्त्रीको ढोकानजिक पुगेकी छिन्।