Banner Nepal
सिटौलाको अपिल : संयमित भई एकताबद्ध रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठनेता कृष्णप्रसाद सिटौलाले सबैमा संयमता र एकताका लागि अपिल गर्नु भएको छ  । पछिल्लो आन्दोलनका घटनापछि देशभर बढेको असुरक्षा र त्रासबीच   नेता  सिटौलाले सबै राजनीतिक दल, नागरिक समाज र आम सर्वसाधारणमा धैर्य गर्न आग्रह गर्नु भएको हो । उहाँले विज्ञप्ती मार्फत 

मुलुक अप्रत्याशित ढंगले आतंकित भएको उल्लेख गर्दै नागरिक समाज, राजनीतिक दल, दिदीबहिनी तथा दाजुभाइ सबैलाई उच्च मनोबलका साथ सतर्क, सजग र भावनात्मक रूपमा एकताबद्ध रहन आग्रह गर्नु भएको हो ।

उहाँले मुलुकमा शान्ति–सुव्यवस्था कायम गरी नेपाली जनताको जीउधनको सुरक्षा गर्न सबै सम्बद्ध पक्षलाई आग्रह गर्दै शान्त र धैर्यपूर्ण ढंगले संकटको सामना गर्नुपर्ने उल्लेख गर्नु भयो ।

546372363_25111302365133626_8572522918513753717_n-1757507138.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update