Banner Nepal
तीन दिन नि:शुल्क डेटा र भ्वाइस सेवा उपलब्ध गराउने नेपाल टेलिकमको घोषणा

काठमाण्डौ । नेपाल टेलिकमले विषम परिस्थितिलाई मध्यनजर गर्दै तीन दिनका लागि नि:शुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । यो सुविधा सोमबार रातिदेखि सक्रिय भएको हो ।

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँग सहज सम्पर्क कायम गर्न सहयोग पुर्‍याउन यो पहल गरिएको जानकारी दिए ।

ग्राहकहरूले नि:शुल्क डेटा सुविधा लिन 141583# र नि:शुल्क भ्वाइस कल सुविधा लिन 141587# डायल गर्नुपर्नेछ । कम्पनीका अनुसार यसबारेको सूचना सबै प्रयोगकर्तालाई एसएमएसमार्फत पठाइएको छ ।

टेलिकमले उपलब्ध गराएको नि:शुल्क डेटा १ एमबीपीएस क्षमताको रहेको छ भने भ्वाइस कल सुविधा नेपाल टेलिकम नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update