त्रिभुवन विमानस्थल अनिश्चितकालीन बन्द, सबै उडान स्थगित

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि अनिश्चितकालीन रुपमा बन्द गरिएको छ । विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा अर्को सूचना नआएसम्म विमानस्थल सञ्चालन नहुने स्पष्ट गरिएको छ ।
यसअघि विमानस्थल आज दिउँसो १२ बजेदेखि अस्थायी रूपमा बन्द गरिएको थियो । तर, विषम परिस्थितिका कारण अविलम्ब खुल्ने सम्भावना नरहेको भन्दै अनिश्चितकालका लागि बन्द गरिएको हो ।
यस निर्णयसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान स्थगित भएका छन् भने यात्रुहरू प्रभावित भएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १४:११
प्रतिक्रिया दिनुहोस्