धुलिखेल कारागारमा कैदीहरूको आन्दोलनपछि आगजनी, सेना–प्रहरी परिचालन

काठमाण्डौ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा कैदीबन्दीहरूले आन्दोलन गर्दै आगजनी गरेका छन् । मंगलबार दिउँसो कारागारभित्र गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ ।
घटनापछि ठूलो संख्यामा नेपाली सेना कारागार बाहिर परिचालन गरिएको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि खटिएको छ ।
कैदीहरूले नाराजुलुस गर्दै कारागारबाहिर निस्कन पाउनुपर्ने माग गरेका थिए । सोही क्रममा उनीहरूले आगजनी गरेको प्रहरीले जनाएको छ ।
धुलिखेल कारागारमा हाल २८३ जना कैदी रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२ १४:०४
प्रतिक्रिया दिनुहोस्