Banner Nepal
सुरक्षा फौज तैनाथीपछि उपत्यकाको जनजीवन क्रमशः सामान्य

काठमाण्डौ । पछिल्ला दिनमा बढेको अशान्ति नियन्त्रणमा लिन नेपाली सेना र अन्य सुरक्षा निकाय परिचालनसँगै उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

नेपाली सेनाले अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ । ऐतिहासिक, धार्मिक, सामाजिक तथा व्यक्तिगत सम्पत्तिहरूको सुरक्षाका लागि सबै सुरक्षा निकाय तैनाथ गरिएको सेनाले जनाएको छ । साथै अवाञ्छित गतिविधि देखिएमा तत्कालै जानकारी दिन पनि सेनाले आह्वान गरेको छ ।

सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ । यद्यपि सर्वसाधारणको चहलपहल र सवारीसाधनको आवागमन न्यून छ । यसबीचमा सुरक्षाकर्मीहरू प्रदर्शनकारीहरूले लगाएको आगो नियन्त्रणमा जुटिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update