Banner Nepal
हरिसिद्धि प्रहरी प्रभागमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाण्डौ । ललितपुरको हरिसिद्धि प्रहरी प्रभागमा मंगलबार बिहान प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकारीका अनुसार सोमबार १९ जनाको मृत्यु भएपछि आक्रोशित जेनजी युवाहरूको समूह प्रदर्शनमा उत्रिएको थियो। उनीहरूले प्रहरीको घेरा तोड्दै कार्यालयमा आगो लगाएका छन्।

प्रहरीले घटनाको विवरण संकलन गर्दै नियन्त्रणका प्रयास गरिरहेको बताइएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update