कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा पेश

काठमाण्डौ । कृषिमन्त्री रामनाथ अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगका कारण आफ्नो पदबाट राजीनामा दिएका छन्।
मन्त्री अधिकारीले शान्तिपूर्ण विरोध र प्रश्न सोध्नु नागरिकको नैसर्गिक अधिकार भए पनि सरकारले व्यापक दमन र बल प्रयोग गरी लोकतन्त्रभन्दा तानाशाही तर्फ उन्मुख भएको भन्दै राजीनामा दिएका हुन्।
उनले विज्ञप्तिमा बताएका छन्, “देश निर्माणमा सहकार्य गर्नु पर्ने पुस्तासँग युद्धजस्ता व्यवहार हुनु पाएको, स–साना बालबालिकाको हत्या र दमनले देश शोकाकूल भएको अवस्थामा सरकारमा बसिरहन मेरो नैतिकता र दलले दिएको शिक्षा विपरित हुने भएकाले मैले पदबाट राजीनामा दिने निर्णय गरेँ।”
अधिकारिले आफ्नो निर्णयलाई देश र जनतासमक्ष नैतिक र जिम्मेवार कदम भएको बताए।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १०:१५
प्रतिक्रिया दिनुहोस्