Banner Nepal
प्रदर्शनकारीद्वारा सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी

काठमाण्डौ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित निवासमा आन्दोलनकारीहरूले आगजनी गरेका छन्।

प्रहरी स्रोतका अनुसार सुनाकोठीस्थित घरमा पुगेका प्रदर्शनकारीहरूले प्रारम्भमा ढुंगामुढा गरेका थिए। प्रहरीको घेरा तोडेर अघि बढेका उनीहरूले घरमा आगो झोसेका हुन्।

सुरक्षा अधिकारीका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update