Banner Nepal
डीआईजी ओम राना हटाइए, एआईजी दानबहादुर कार्की उपत्यका प्रहरी प्रमुखमा

काठमाण्डौ । गृह मन्त्रालयको निर्देशनअनुसार काठमाडौं उपत्यका प्रहरीका निमित्त प्रमुख डीआईजी ओम रानालाई जिम्मेवारीबाट हटाइएको छ। उनीसहित उपत्यकाको सुरक्षा नेतृत्व अब एआईजी दानबहादुर कार्कीले सम्हाल्ने भएका छन्।

गृह मन्त्रालय स्रोतका अनुसार सोमबार भएको प्रदर्शनका क्रममा उपत्यकामा सुरक्षा व्यवस्था फितलो भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी डीआईजी रानामाथि आएको कारण उनलाई हटाइएको हो।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update