Banner Nepal
सोमबारको घटनापछि संसद् भवन परिसरमा युवाको भेला

काठमाण्डौ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार बिहानैदेखि युवाहरू स्वस्फूर्त रूपमा भेला हुन थालेका छन्। भेला भएका युवाले कुनै ब्यानर वा पोस्टर नबोके पनि उनीहरूको असन्तुष्टि स्पष्ट देखिएको छ।

“हिजोको घटनामा सरकारले कमजोरी देखाएको छ। युवाको पक्षमा स्वस्फूर्त आएको हुँ,” भेला भएका एक युवाले बताए।

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जनाउँदै सोमबार भएको जेन–जीको प्रदर्शनमा १९ जनाको ज्यान गएको थियो। असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनकारी नीति अख्तियार गर्दा घटना भएको सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूले बताएका छन्। उक्त घटनापछि सरकार चौतर्फी आलोचनाको घेरामा परेको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update