Banner Nepal
जेनजीको आन्दोलन उग्र : गेट नाघेर संसद भवन प्रवेश गरे

काठमाडौं। बानेश्वरस्थित संसद भवनमा जेन जी प्रदर्शनकारीहरूले उग्र आन्दोलन थालेका छन्। प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल र दुई नम्बर गेट नाघेर भित्र प्रवेश गरेका छन्। यस क्रममा उनीहरूले गेटमा आगजनीसमेत गरेका छन्।

प्रदर्शनको नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाइफायर प्रयोग गरेको छ भने केही स्थानमा रबरको गोली समेत चलाइएको छ। सुरक्षा अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले ढुंगामुढा प्रहार गर्दै संसद भवनको पर्खाल भत्काएका थिए। अहिले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको छ।

सरकारको आदेशमा कर्फ्यू जारी गरिएको छ र घटनास्थलमा सुरक्षा बल तैनाथ छन्।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update