Banner Nepal
ज्ञानेश्वरस्थित आफ्नै भवनबाट सेवा विस्तार गर्दै कर्म इन्टरनेशनल

काठमाण्डौ । कर्म इन्टरनेशनल इम्प्लोइमेण्ट सर्भिसेज प्रा.लि. आफ्नै भवनमा स्थानान्तरण भई सेवा विस्तार थालेको छ । काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरस्थित नयाँ भवनबाट कम्पनीले २०८२ साल भाद्र २२ गतेदेखि सेवा प्रारम्भ गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीको व्यवसायिक यात्रा इजरायलबाट सुरु गरेको हो । हाल यसले साइप्रस, रोमानिया लगायतका मुलुकलाई सुरक्षित रोजगारीका गन्तव्यका रूपमा विस्तार गरेको जनाएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र मणि पराजुलीका अनुसार कर्म इन्टरनेशनलले व्यवसायिक प्रगतिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गतका सेवामूलक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । उनले वैदेशिक रोजगारमा जाने नेपाली कामदारलाई सुरक्षित, मर्यादित र पारदर्शी प्रक्रिया मार्फत रोजगारी उपलब्ध गराउने र समाजलाई प्रत्यक्ष लाभ पुर्‍याउने कार्यलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update